अछाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रेस सङ्गठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताए ।


ADVERTISEMENT

# # #


स्थिर सरकारका कारण देशमा कानूनी शासनको प्रत्याभूति भइरहेको उनको भनाइ छ । रौतहटको घटना नेपालको कानून र अन्तरराष्ट्रिय कानूनविपरीतको जघन्य अपराध भएकाले यसमा संलग्नलाई छुट दिन नहुने उनको तर्क छ ।

नेता रावलले पार्टीका बैठक नियमित हुनुपर्ने र सरकारको कामको पनि समीक्षा गर्नुपर्ने बेला भएको बताए ।