काठमाडौं – असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरूको १८ औँ शिखर बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वैंकैया नायडुसँग शुक्रवार भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


भेटमा प्रधानमन्त्री ओली र नायडु तथा ओली पत्नी राधिका शाक्य र नायकडुकी पत्नी उषा समेत रहेका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन सत्रमा भाग लिएका छन् । बाकु कङ्ग्रेस केन्द्रमा आइपुग्दा प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले नाम शिखरसम्मेलनको पूर्णसत्रलाई सम्बोधन गर्नेछन् । उनले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनहरुका प्रतिनिधि सहभागी छन् ।

शिखर बैठकको उद्घाटन गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले गरेका थिए । उद्घघाटनपछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियभलाई सदस्य मुलुकका सहभागी प्रतिनिधिमण्डलका अध्यक्षहरूले सर्वसम्मतिका आधारमा आउँदो तीन वर्षका लागि नयाँ अध्यक्ष चुनेका छन् ।