काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ आज नै निलम्बनमा पर्ने भएका छन् । मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई कारवाही गर्नको लागि भनेपछि राष्ट्र बैंकलाई निलम्बन गर्न भनेको छ ।


ADVERTISEMENT


जसको पत्र राष्ट्र बैंकमा आज जाने छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वित्तीय स्थाईत्वमा गम्भिर असर पर्ने काम गरेको आरोप लागेको छ ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंकको ऐनको दफा २२ मा डेपुटी गभर्नर तथा संचालकहरु पदमुक्त हुने व्यवस्था राखिएको छ ।

सरकारले संचालक तथा डेपुटी गभर्नरहरुलाई पदमुक्त गर्न सक्ने व्यवस्था त्यो दफामा राखिएको छ ।

यसको लागि सफाईको भने मौका दिनुपर्ने छ ।

राष्ट्र बैंकले आजनै डेपुटी गभर्नरमाथि लागेको आरोप छानबिन गर्नको लागि समिति गठन गर्ने छ ।
यस्तो छ राष्ट्र बैंकका डेपुटी गभर्नरहरुलाई पदमुक्त गर्न कानुनी व्यवस्था ।