काठमाडौ। जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका छन् ।


ADVERTISEMENT


आइतबार हुन लागेको थुनछेक बहसमा महराको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल रहेका छन्


ADVERTISEMENT

# # #


त्यसैगरी महराको पक्षबाट बहस गर्न अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, मुरारीप्रसाद सापकोटा, रामकुमार आचार्य, नरेश खड्का, चन्द्र प्रसाद गुरागाई लगायत करिब २० जनाले वकालतनामा सहित रुची देखाएका छन् । यद्यपि, वकालतनामामा पेश भएको सबै अधिवक्ताले बहस नगर्न पनि सक्छन् भने पछि वकालतनामा थप गरेर बहस गर्न पनि सकिने जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले रातोपाटीलाई बताए ।

यता वादी नेपाल सरकारको तर्फबाट ४ जनाले बहस गर्नेछन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गर्नेछन् ।

यदि प्रतिवादीको तर्फबाट धेरै वकिलहरुले बहस गरेको खण्डमा आजको बहस नसकिन पनि सक्छ ।