मेलम्ची– अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।


ADVERTISEMENT


मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेका अनुसार नदीमा खसेको बसबाट १७ जना यात्रुको शव निकालिएको छ । अन्य यात्रुहरु नदीमा हराइरहेको बताइएको छ ।

बस नदीमा पुरै डुबेको थियो । सो कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । केही यात्रु नदीले बगाएको जानकारी प्राप्त भएको छ ।

दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए ।

घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।