काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आज दिउसोमात्रै बाल्वाटारमा मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका प्रधानमन्त्री ओलीले बेलुका साढे ६ बजेका लागि दोस्रो बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


दिउँसो १२ बजे बालुवाटारमा डेढ घण्टाका लागि मन्त्रिपरिषद् बैठक बसेको थियो । यसअघि बिहान बसेको मन्त्रिपरिषद बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।


ADVERTISEMENT

# # #