काठमाडौं – बलात्कार प्रकरणमा मुछिएका पूर्व प्रतिनिधिसभाका सभामुख तथा सांसद कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार उक्त आदेश दिएको हो ।


ADVERTISEMENT


यौन दुव्र्यबहारको मुद्दामा थुनछेक बहस सकिलगत्तै अदालतले आदेश दिएको हो । अदालतको आदेश अनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।


ADVERTISEMENT

# # #


आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन्। चौतर्फी आलोचना भएपछि महराले सभामुखको पदबाट राजीनामा दिएका थिए तर सांसदको पदबाट भने राजीनामा दिएनन्।