काठमाडौँ – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी पुनः आमरण अनसन बसेका छन् । डडेल्धुरामा पत्रकार सम्मेलन गरेर डा. केसीले १७ औँ अनसन थालेका हुन् ।


ADVERTISEMENT


१६ औँ अनशनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र अहिलेसम्म सरकारले छलफलका लागि नबोलाएपछि अनसन बस्नु परेको डा. केसीले बताएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी हुनुपर्ने, प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने लगायतका ६ वटा माग राखेका छन् ।

१६ औं अनसन इलाममा बसेका डा. केसीले १७ औँ अनशनको लागि कसैलाई थाहै नदिई एक्कासी डडेल्धुरा पुगेका थिए । अनसन बस्नुअघि उनले सोमबार नै जिल्ला अस्पताल डडेल्धुरामा रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गराएका थिए ।

यस्ता छन् डा. केसका १७ औँ अनशनका मागहरुः
१. २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२. विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस कार्यक्रम सञ्चालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नूपर्ने ।

६. प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।