दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन् । बुधबार दाहालले महराकै निर्वाचन जिल्ला र निर्वाचित क्षेत्र दाङ पुगेका प्रचण्डले महराबाट आपराधिक नभई नैतिक गल्ती भएको बताए ।


ADVERTISEMENT


प्रेस संगठन नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले पार्टीले छानबिन गर्दा पनि महराले झुटो बोलको बताए । पार्टी अध्यक्षलाई नै ढाँटेर महराले झन्ु ठूलो गल्ती गरेको उनले बताए । ‘कहीँ न कहीँ महराजीको गल्ती थियो भन्ने कुरा प्रस्ट भइसकेको छ । तर, यो त्रुटीको विषयमा विवाद छ ।’ उनले भने, ‘गल्ती त उहाँले गर्नुभएकै छ । मैँले कुनै न कुनै रुपमा भनेको छु, यो क्रिमिनल खालको नभएर नैतिक खालको गल्ती हो भन्ने देखि सकेको छ ।


ADVERTISEMENT

# # #


उनले महराले नैतिक गल्ती गरेको र सहि सूचना समेत आफूलाई नदिएको बताए। उनले भने, ‘महराको सबैभन्दा ठूलो गल्ती सही कुरा नबोल्नु र पार्टी नेतृत्वले छानविन गर्न खोज्दा पनि साथ दिनु भएन।’

महराले गरेको गल्तीका बारे अदालतले आवश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको दाहालले बताए ।

संस्द सचिवालयकी एक कर्मचारीलाई आफूलाई यौन दूव्र्यवहार गरेको आरोप महरा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।