काठमाडौँ – बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । बुधबार क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने परेका छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए। दुवैले यसअघि नै कात्तिक २८ गतेदेखि बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने बताएका थिए।


ADVERTISEMENT

# # #


मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।

एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।

नेपालले आफ्नो पहिलो खेल भारतसँग कात्तिक २८ गते खेल्नेछ। दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम बंगालेशसँग मंसिर २ गते हुनेछ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल ।