एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई बुधबार अस्पतालबाट घर लगिएको छ । सर्भिस इन्स्टीच्यूड अफ मेडिकल साईन्स (सीआईएमएस) मा केही हप्तादेखि उपचार गराइरहेका सरिफलाई डिस्चार्ज गरेर आफ्नै निवास जाती उमरा पठाइएको हो ।


ADVERTISEMENT


स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उनलाई गत अक्टोबर २२ तारिखका दिन अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनलाई हृदयघात समेत भएको थियो । उनको रगतमा समस्या रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।  सरिफको पार्टी पाकिस्तान मुस्लीम लिग– नवाज (पीएमएल–एनं) का प्रवक्ता मारियाम औराङजेबले जारी गरेको वक्तव्यका अनुसार सरिफको निजी निवासमा अति सघन कक्ष (आईसीयू) को व्यवस्था गरेर उहनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।


ADVERTISEMENT

# # #


उनले सरिफका लागि घरमै चिकित्सकको समेत व्यवस्था गरिएको तर भेटघाट गर्न भने नदिइने भएको पनि जानकारी दिए । रोग थप बढ्न र बल्झिन सक्ने सम्भावना भएकाले चिकित्सकहरुको विषेश टोली नै बनाएर खटाइएको र अरूलाई भने भेट्न नदिइने व्यवस्था गरिएको चिकित्सकहरुलाई उद्धृत गर्दै प्रवक्ता औराङबेजले बताए ।

भ्रष्टाचार गरेको ठहरसहित अदालतको आदेशमा कारागारमा रहेका सरिफलाई स्वास्थ्यस्थीति गम्भीर भएपछि उपचार प्रयोजनका लागि अस्पताल लगिएको थियो । अस्पताल लगिएको केहीदिनपछि गत अक्टोबर २९ तारिखका दिन इस्लामाबादको उच्च अदालतले सरिफलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।