काठमाडौँ – प्रधानमनत्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक लगायतका ठाउँका सीमामा उब्जिएको विवादबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका छन् ।


ADVERTISEMENT


भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक राखेको भन्दै जनस्तरमा व्यापर विरोध भएपछि प्रधानमन्त्री ओलीले त्यसको बारेमा छलफल गर्न सर्वदलीय परामर्श बैठक बोलाएका हुन् । प्रधानमन्त्री कार्यालयले जनाएअनुसार प्रधानमन्त्री ओलीले दलका शीर्ष नेता र बैठकमा सबै पार्टीकाक पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने स्रोतले जनाएको छ ।बैठकमा बोलाएका छन् । बैठक शनिबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।


ADVERTISEMENT

# # #


बैठकमा सबै पार्टीका पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने स्रोतले जनाएको छ ।  यसअघि यही विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत कालापानी र लिपुलेक नेपालको भएको र भारतले सार्वजनिक गरेको नयाँ नक्सा मान्य नहुने बताएको छ ।

कांग्रेस सभापति देउवाले पनि नेपालका लागि भाारतीय राजदूत मञ्जिवसिंह पुरीलाई टेलिफोनमार्फत कुरा गर्दै कालापानी र लिपुलेक नेपालको अभिभाज्य भूमि भएको र कुनै पनि ढंगको अतिक्रमण स्वीकार्य नहुने बताएका थिए । यता नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि विज्ञप्तीमार्फत सीमा विवादका विषयमा बोल्दै सीमा चलाउने अधिकार कसैलाई नभएको बताएका थिए ।

उता बिहीबार आयोजित मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिश कुमारले भारतको नयाँ नक्सामा भारतीय सार्व भौम भूमिमात्र रहेको र नेपालको कुनैपनि सिमान नमिचेको दाबी गरेका छन् ।