काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैँकले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयेजना गरेको हो ।


ADVERTISEMENT


देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा सहित ज्ञानेश्वरस्थित आइएसटी कलेजमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । जसमा ६८ जना रक्तदाताले रक्तदान गरेका छन् ।


ADVERTISEMENT

# # #


बैँकले आफ्नो १३ औँ वार्षिकोत्सव यही २७ गते मनाउँदैछ । बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।