एजेन्सी – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा यथावत रहेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । बार्सिलोनाका लागि सर्जियो बुस्केटले एक गोल गरे । उता सेल्टा भिगोका लागि लुस्का ओल्जाले एक गोल फर्काए ।


ADVERTISEMENT

# # #


खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । पाहुना टोली सेल्टाका लागि खेलको ४२ औँ मिनेटमा ओल्जाले बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले फ्रिकिक मार्फत गोल गर्दै २–१ गोलको अग्रता दिलाए ।

मेस्सीले ४८ औँ मिनेटमा ह्याट्रिक पूरा गरे । खेलको ८५ औँ मिनेटमा सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोडेको छ । सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोन छ ।