काठमाडौँ –भारतले साता सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रदर्शन गर्दा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता कार्यकर्ता पक्राउ परेका छन् ।


ADVERTISEMENT


राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा रहेका उनीहरुलाई प्रहरीले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका बेला पक्राउ गरेको हो । विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी १२ जनालाई नियन्त्रणमा लिएको हो । त्यसअघि उनीहरुले राष्ट्रिय झण्डासहित मण्डलामा भारतविरुद्ध नाराबाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


शनिबार भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समेटेर जारी गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।