काठमाडौं – चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले पहिलो पटक नेपाली फिल्मको गीत गाएका छन् । उनले मंसिर १३ मा रिलिज हुने फिल्म ‘सरौतो’को प्रमोशनल गीत गाएका हुन् ।

निर्माण युनिटले गीत भिडियोसहित सार्वजनिक गरेको छ । भिडियोमा भिटेन स्वयं देखिएका छन् । फिल्मका मुख्य कलाकार सुमी मोक्तान र विजय लामा समेत देखिएको गीतमा शब्द तथा संगीत पनि भिटेनकै छ ।


ADVERTISEMENT

# # #


गीतले ‘अन्यायको डटेर प्रतिवाद गर्नुपर्छ’ सन्देश बोकेको छ । रिलिजसँगै चर्चामा रहेको यो गीतले फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । फिल्मको थिमअनुसार गीत तयार पारिएको निर्देशक हरि हुमागाईंले बताए ।

‘भिटेन’ केही पहिले गीत मार्फत अश्लिलता फैल्याएको आरोपमा पक्राउ परेका थिए । ‘सरौतो’मा सुमी र विजयका अलावा सन्नी सिंह, लियो ट्याँक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको अभिनय छ ।
विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मले बदलाको कथा बिषय बनाएको छ । फिल्ममा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

यस्तो छ गीत :

प्रतिकृया

प्रतिकृया