सुदूरपश्चिम — सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्। आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन्।


ADVERTISEMENT


उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ। साथै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेकोछ।


ADVERTISEMENT

# # #


रावलले आफूमाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष तथा तथ्ययुक्त छानबिन सहजता र न्याय स्थापित होस् भन्ने आशयले राजीनामा दिएको प्रतिक्रिया जनाएका  छन् ।

रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र (क) बाट २०७४ सालमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।