काठमाडौं – नेपालले बङगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियसिपमा अफगानिस्तानमाथि सहज जित हात पारेको छ । नेपालले च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा जित हात पार्दै विजयी सुरुवात गरेको हो ।


ADVERTISEMENT


ढाकास्थित शाहिद शुरवादी इन्डोर स्टैडियम मिरपुरमा आइतबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–० को सेटमा सहज जित हात पारेको हो । पहिलो सेटमा २५–४ को सहज जित हात पारेको नेपालले दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–६ ले जित हात पारेको छ ।


ADVERTISEMENT

# # #


जितसँगै नेपालले तीन अङ्क जोडेको छ । च्याम्पियनसिपमा बङगलादेशले तीन तथा मल्दिभ्सको दुई अङ्क रहेको छ । किर्गिस्तानले एक तथा दुई खेल खेलेको अफगानिस्तान अङ्कविहीन छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग, मंगलबार बङगलादेशसँग र बुधबार मल्दिभ्स विरुद्ध खेल्नेछ । लिग चरणमा शिर्ष हुने दुई टोली उपाधिको लागि बिहीबार भिडनेछ । तेस्रो र चौथो स्थानमा रहने दुई टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल बिहीबार नै खेलाइनेछ ।