काठमाडौँ – सामाजिक सञ्जालमा ‘अघोर बाबा’ले चर्चित विजय केसीकी पत्नी शारदा पाण्डे पक्राउ परेकी छन् । एक महिलालाई विदेश पठाइदिन्छु भन्दै गठी गरेको आरोपमा बाबाकी पत्नीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि उनलाई लिएको छ । पाण्डेसंगै उनका पति अघोर बाबा पनि प्रहरीको नियन्त्रणमा रहेका छन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त बौद्धले अहिले उनीहरुसंग सोधपुछ गरिरहेको छ ।