ढाका – बंगलादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT


‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,’ स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भने । उनले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् । ‘अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,’ अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने ।

बंगलादेश रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुने गरेको छ । –एपी