काठमाडौँ – सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । नेपालको चार दिने राजकीय भ्रमणमा रहेका अब्दुलसंग प्रचण्डले बुधबार भेटावार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटमा द्विपक्षी राजनीतिक कुराहरु भएको जनाइएको छ । बंगलादेशका राष्ट्रपति हमिदले प्रचण्डले शान्तिप्रक्रियाका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


अब्दुल राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल आइपुगेका थिए । हिजै उनले राष्ट्रपति भण्डारी तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग भेटवार्ता गरेका थिए । उनी शुक्रबार स्वदेश फर्किनेछन् । त्यसअघि पोखरा जाने पनि कार्यतालिका रहेको छ ।