जलेश्वर — निर्वाचन प्रक्रियामा पहिलोपटक होमिएको सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दिएको छ ।


ADVERTISEMENT


पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी हुन्।


ADVERTISEMENT

# # #


पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले अध्यक्ष पदमा उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताए।

उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकी हुन्।

पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरिन्। रासस