काठमाडौँ – आगामी मङ्सीर १४ मा हुने उपनिर्वाचनको स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार सम्पनन भएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका अनुसार बुधबार स्थानीय निकायमा रित्त रहेका विभिन्न पदमा मनोनयन दर्ता भएको हो ।


ADVERTISEMENT


उपनिर्वाचन अन्तरगत चारवटा स्थानीय तहको प्रमुख, एउटा स्थानीय तहको उपप्रमुख तथा ४२ वटा बडामा अध्यक्षको लागि निर्वाचनका लागि मनोनयन दर्ता भएको हो । यस्तै प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं २ र भक्तपुर–१ प्रदेशसभा (क)मा मनोनयन सम्पन्न भएको छ । कास्की–२ मा नेकपाबाट विद्या भट्टराई, कांग्रेसबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी लगायत अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT

# # #


धरान उपमहानगरमा २३ जनाको उम्मेदवारी

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का वडाध्यक्ष पदका लागि दलहरुले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । १३ दलका र १० स्वतन्त्र गरी २३ जनाले नगर प्रमुखमा उम्मेदवार दर्ता भएका हुन ।

बाजागाजासहित आएका नेकपा तथा नेपाली काङ्ग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पञ्चेबाजासहित दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहालले बताए ।

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र काङ्ग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन कार्यालयले नेपाली काङ्ग्रेसलाई ११ देखि १२ बजेसम्मको र नेकपालाई १२ बजेपछिको समय दिएको थियो ।

सोही समय सीमामा रहेर नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारले उमेदवारी दर्ता गराएको स्थानीयवासीले बताएका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको विषयमा समय दिएको थिएन । त्यसैगरी ७ नं वडाध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

गत निर्वाचनमा धरान उपमहानरपालिकामा प्रमुख पदमा नेकपाका तर्फबाट तारा सुब्बा विजयी भएका थिए ।उनको बिरामीका कारण काठमाडौँ मा उपचारका क्रममा निधन भएपछि प्रमुख पद खाली भएको थियो ।

वडा नं ७ मा नेकपाका तर्फबाट भुवनसिंह मोक्तान विजयी भएका थिए । उनको पनि बिरामी भएका कारण निधन भएपछि सो पद खाली भएको थियो ।