काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले सिमाका विषयमा भारतसँग ओली नेतृत्वको वर्तमान सरकारको मिलेमतो भएको गम्भीर आरोप लगाएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस जिल्ला कार्य समिति दाङले विहिबार आयोजना गरेको दाङ क्षेत्र न ३ प्रदेश ख को चुनावी सभालाई सम्वोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताको वितृष्णा पैदा भएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि रोस प्रकट गर्दै भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदिलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले सिमाको विषयमा कुनै अभिव्यक्ति नदिनुले यसमा सरकार कै मिलेमतो रहेको र सरकार राष्ट्रियताको विषयमा कमजोर सावित भएको प्रष्ट हुन्छ ।’

उनले नेकपा सरकारले २२ महिना अगाडी जनतासामु गरेका प्रतिवद्धता पूरा गर्न नसकेकाले जनताले कांग्रेस खोजिरहेको बताएका छन् ।

‘सरकारसँग कुनै ठोस कार्ययोजना नभएर हौवा फैलाउने कार्य गरेको छ र यसबाट मजदुरदेखि मालिकसम्म र विद्यार्थीदेखि शिक्षकसम्म कहिकतै बाट पनि सरकारको काम प्रति असन्तुष्ट देखिएका छन्’ नेता महरले भने ।

कार्यक्रममा पार्टी सभापति कृत वहादुर खड्का, प्रदेश सभा उम्मेदवार केशव आचार्य पुर्व सांसद वुद्धिराम भण्डारी लगायत नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा ३०० जना भन्दा बढी नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।