काठमाडौँ – बंगलादेशका आजदेखि सुरु भएको एशियन क्रिकेट काउम्सिल (एसीसी) इमर्जिङ टिम्स कपमा नेपालले भारतको यू २३ टिमलाई १९४ रनको सामान्य चुनौति दिएको छ ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपिनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल पहिलो दुई बल खेलेर शुन्य रनमा आउट भएपछि नेपाल सुरुमै दबाबमा आयो । तर, दोस्रो विकेटका लागि कुशल भुर्तेल र शरद भेषवाकरले ५४ रनको साझेदारी गरे ।


ADVERTISEMENT

# # #


कुशल ६० बलमा ४ चौकासहित २८ बलमा आउट भए । यस्तै त्यसपछि आएका आरिफ शेख २ रनमा पेवेलियन फर्किए । चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले ४५ रनको साझेदारी गरे । दीपेन्द्रले ३१ बलमा ३ चौकाको मदतमा २४ रन जाडे भने शरद अर्धशतक बनाउनबाट ६ रनले चुके । उनले ७६ बलमा एक चौका र एक छक्का हाने ।

त्यसपछि आएका पवन सर्राफले अर्धशतक प्रहार गरे । आक्रामक खेलेका उनले ४९ बलमा ७ चौका र २ छक्का ठोके । यस्तै करण केसीले एक चौका र एक छक्काको मदतमा १६ बलमा २० रनमा आउट भए । भारतका लागि सौरभ दुबेले चार विकेट चट्काए । उनले ७.५ ओभरमा एक मेडेन फाल्दै २६ रन मात्रै खर्चिए । यस्तै यस राथोडले ३ र पर्थ रेखाडे ले २ विकेट लिए ।

नेपालका लागि पवन सर्राफले अर्धशतक हाने ।