काठमाडौँ – भारतीय क्रिकेट बोर्ड बीसीसीआईको आयोजनामा भारतमा जारी यू १९ च्यालेन्जर्स क्रिकेट सिरिजअन्तर्गत नेपाल यू १९ टिमले आज भारत यू १९ ‘बी’संग खेल्दैछ । पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रित गौतम ८४ रनमा आउट भएका छन् ।


ADVERTISEMENT


उनी शतक बनाउनबाट १६ रनले चुकेका हुन् । ९३ बल खेलेका उनले १२ चौका र एक छक्का हाने । यस्तै हरि चौहान २० र कुशल मल्ल १२ रनमा आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले ४०.४ ओभरमा ७ विकेटको क्षतीमा १८१ रन बनाएको छ ।


ADVERTISEMENT

# # #


चार वटा यू-१९ टिम सहभागी सिरिजमा नेपालसहित भारत ‘ए’, भारत ‘बी’ र भारत ‘सी’ रहेका छन् । नेपालले यसअघि भारत ‘ए’ र ‘सी’संग पराजित भइसकेको छ ।