काठमाडौ – नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले इञ्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गरेको छ ।


ADVERTISEMENT


इञ्जा एसियाले शुक्रबार काठमाडौंको लेखनकुञ्जमा गरेको एक कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी, इञ्जा एसियाका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पुरस्कृत पत्रकार शिवाकोटीलाई एक हजार डलर नगदसहित प्रशंसापत्र हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत शिवाकोटीलाई सो पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ मानवअधिकारकर्मी पहाडीले नेपाली मिडियाले प्रेस स्वतन्त्रता , मौलिक हक, लोकतान्त्रिक आन्दोलनका लागि सबै भन्दा प्रभावकारी भूमिका खेलेको उल्लेख गरे । प्रेस स्वतन्त्रबिना लोकतन्त्र, गणतन्त्रको विकास हुन नसक्ने भन्दै पहाडीले मानव अधिकार र प्रेस स्वतन्त्रता हनन हुने अवस्था आउन नदिन अहिले पनि खबरदारीको आबश्यकता रहेको औल्याए ।

संसारभर छरिएका नेपाली पत्रकारहरुको साझा सञ्जाल (इन्जा) को मूख्यालय अमेरिकाको भर्जिनियामा रहेको छ भने एसिया, युरोप, अष्ट्रेलिया र अमेरिकामा यसका महादेशीय शाखाहरु क्रियाशील रहको जानकारी गराउदै इञ्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तले इन्जाले आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न नेपाली पत्रकारहरु कार्यरत सबै देशमा फ्रेण्डस अफ इन्जा गठन गरेको जानकारी दिए । उनले प्रेस स्वतन्त्रता र मानव अधिकारको पक्षमा काम गर्ने अन्य संस्थाहरुसँग सहकार्य समेत गर्दै आएको बताए ।

इञ्जाले प्रेस स्वतन्त्रताको पक्षमा वकालत र पहरेदारी सँगँंगै इन्जाले मर्यादित र विश्वसनीय पत्रकारितामा समेत जोड दिदै आएको अध्यक्ष पन्तले बताए ।

नेपाली पत्रकारहरुका व्यवसायिक विकासका लागि आवश्यकता अनुसार तालिम, सामग्री र भ्रमणहरु समेत उपलव्ध गराउंदै आएको इन्जाले कानुनी राज्य स्थापनामा सहयोग पुग्ने गरी खोजमुलक उत्कृष्ट समाचारहरु सम्प्रेषण गर्ने पत्रकारहरुलाई प्रोत्साहन दिन यस वर्षदेखि इन्जा अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने नीति लिएको उनले जानकारी दिए ।

नेपाली पत्रकारहरु र व्यवसायिक तथा मर्यादित पत्रकारिताको विकासका लागि इन्जाले नोभेम्भर १७ अर्थात मंसिर २ गते अमेरिकाको भर्जिनियामा नेपाली पत्रकारितामा सहयोग गरौं भन्ने बिशेष कार्यक्रम समेत गर्न लागेको जानकारी पनि अध्यक्ष पन्तले गराए ।

पुरस्कृत पत्रकार हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिबाकोटीले आफूले पहिलो पटक पाएको पुरस्कारले थप जिम्मेवार हुन प्रेरित गरेको बताए । उनले प्राप्त गरेको एक हजार डलर पुरस्कारको राशी मध्ये २५ हजार नेपाली रुपैयाँ उपचारका क्रममा हालै मृत्यु भएका युवा पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।