काठमाडौं । बुधबार भएको मन्त्रीपरिषद पुर्नगठनमा कानुनमन्त्रीको भुमिका निभाईरहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिईएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना ९ मन्त्रीहरुलाई हटाउँदै नयाँ ८ मन्त्रीहरुलाई मन्त्रीपरिषदमा समाबेस गराउँदा मन्त्री ढकाललाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा बढुवा गरिएको हो । कार्यसम्पादनमा मन्त्री ढकालको राम्रो मुल्यांकन भएको बालुवाटार श्रोतले जनाएको छ । नेकपामा ढकाललाई सालिन, ईमान्दार, क्षमतावान, मिलनसार र बौदिक नेताका रुपमा चिन्ने गरिन्छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालिरहेका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भने कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।।

यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।