काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पुर्व अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार आम जनताका भन्दा पनि कम्युनिस्ट पार्टीका संगठित सदस्यप्रति बफदार रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस भक्तपुरले नगरकोटको तेल्कोटमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै महरले जनताका दैनिक उपभोग्य सामग्रीहरुमा तिन सय प्रतिशत बढी मूल्य वृद्धि हुँदा पनि सरकार चूप लागेर कालोबजारीहरुलाई साथ दिएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


उनले सुन काण्ड, निर्मला काण्ड, सिण्डिकेट काण्ड, वाईडवडी जहाज काण्ड, वालुवाटार जग्गा काण्ड लगायतका काण्डैकाण्डमा नेकपा र वर्तमान सरकार निर्लज्ज तरिकाले संलग्न भएको दाबी गरे । नेता महरले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत थुप्रै स्थानमा दुवै छिमेकी राष्ट्रले भूमि मिच्दासमेत सरकारले ठोस कदम नचाल्नु राष्ट्रियतामाथिको खेलबाडको रुपमा अर्थ्याए ।

चौतर्फी असफल तर अधिनायकवादको आकाँक्षा बोकेको वर्तमान सरकारलाई जनताको लोकतान्त्रिक हतकडी लगाउन काँग्रेस विजय गराउनु समय आईसककेको उनले बताए ।