काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका मन्त्री ढकालले बिहीबार पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


कानुनमन्त्री रहेका ढकाललाई प्रधानमन्त्री ओलीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका थिए । यसअघि उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवलाई ढकाल रहेको कानुन मन्त्रालयमा सरुवा गरिएको छ ।


ADVERTISEMENT

# # #


पदभार ग्रहणपछि बोल्दै मन्त्री ढकालले मन्त्रालय अन्तर्गतका सवै कार्यालयको समस्या स्थलगत रुपमै बुझ्ने बताए ।