बाजुरा – अवैध जडिबुडीसहित सामुदायिक वनका अध्यक्ष र सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको हिमाली गाउँपालिका–१ बामुस्थित देबीडाँडा सामुदायिक वनका अध्यक्ष ३२ वर्षीय राज बहादुर भण्डारी र सचिव ५० वर्षीय बियलाल रोकाया रहेको छन् ।


ADVERTISEMENT


प्रहरी चौकी बिछ्यिा र बनका कर्मचारी सहितको संयुक्त टोलीले उनीहरुलाई देबीडाँडा सामुदायिक वनबाट अवैध रुपमा करिब १ क्विन्टल कटुकी नामक जडिवुटीसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ