काठमाडौँ – माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरी ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।


ADVERTISEMENT


विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् । सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम पार्सपोर्ट, भिसा र कन्फर्म एयर टिकट साथमा लिएर आउने ग्राहकलाई अष्ट्रेलियन डलर प्रदान गर्नेछ ।


ADVERTISEMENT

# # #


बैँकका अनुसार काठमाण्डौँ उपत्यका भित्र रहेका शाखाहरुमा यो सुविधा प्राप्त हुनेछ । बैँकले काठमाडौँमा रहेका लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँ बानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड शाखाबाट अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो ।

बैंकले आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फतबाट ग्राहकलाई बैँकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।