काठमाडौँ – मंसिर १५ गतेदेखि हुने नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने भएको छ । आजबाट ओलम्पिक टर्च र्‍याली सुरू भएको


ADVERTISEMENT


ओलम्पिक टर्च र्‍याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


शुक्रबार बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले स्वयम्भुमा ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्‍याली सु्रु भएको हो ।

टर्च सातै प्रदेशका मुख्य शहरमा पुर्‍याइने खेलाडी संघका अध्यक्ष एवं र्‍याली संयोजक दीपक श्रेष्ठले जानकारी दिए। पत्रकार सम्मेलनमा सागका कीर्तिमान म्याराथन पूर्व धावक वैकुण्ठ मानन्धरले नेपालमा विगतमा भएका दुई साग भन्दा १३ औं साग भव्य हुने बताए ।

संयोजक श्रेष्ठका अनुसार पहिलो दिन र्‍याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ ।

यस्तै आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको छ ।

र्‍यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य लगायत सहभागी हुनेछन् ।