धरान । नेकपाका युवा नेता तथा युवासघं नेपालका पुर्व उपाध्यक्ष पर्शुराम बस्नेतले भने उपनिर्बाचन मा धरान उपमाहानगर मा प्रकाश राईको जित सुनिश्चित छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाटउम्मेद्वार राइले धरानमा बर्चस्व कायम गर्ने देखिएको छ ।बिहिबार उम्मेद्वार राईलाई जिताउ अभियानमा भोट माग्न धरान उपमहानगरपालिका वार्ड नम्बर १९ र १० मा उम्मेद्वार राई संग युवा नेता बस्नेत घर दैलो कार्यक्रममा हिडेका थिए । युवा नेता बस्नेतले हिमालयपोण्टलाई भने उम्मेद्वार राईका पक्षमा मतदान गर्न धरानबासी उत्साहित देखिएका छन् ।


ADVERTISEMENT


धरानबासीले लोकप्रिय मेयर स्वर्गिय तारा सुब्बाकै उत्तराधिकारीका रुपमा प्रकाश राईलाई लिएका छन् । गत साताबाट चुनाबी मैदानमा उत्रिएको नेकपाले घरदैलो गरिरहँदा जनताले उत्साहपूर्ण ढंगले स्वागत गरेको नेकपा धरानले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘नेकपाले विगतमा गरेको कामले जनताको विस्वास हामीमाथि छ । यो सहभागीताले हामी उत्साहित छौं, प्रकाश राईको जीत सुनिश्चित छ ।

धरान यसै त बामपन्थीहरुको गढ नै हो । अहिलेसम्म धरानमा प्रमुख प्रत्यासी नेपाली कांग्रेसले कुनैपनि निर्वाचनमा जित निकाल्न सकेको छैन । पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म आइपुग्दा कम्युनिस्टको विरासत भत्काउन कांग्रेसले सकेको छैन । यस पटक त दुई कम्युनिस्टहरु माओवादी र एमालेको एकताले बेग्लै माहोल बनेको अवस्थामा कांग्रेसलाई लालकिल्ला तोड्न फलामको चिउरा चपाए सरह छ ।
घरदैलो कार्यक्रममा हजारौ को सहभागिता थियो ।