काटमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित रहेको बताएका छन् ।


ADVERTISEMENT


डेमोक्रेटिक लर्यस एसोसियसनको बार्षिक साधरणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले अध्यादेश नियुक्ती हुने कुनैपनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए । उनले उक्त अध्यादेश संविधान विपरित भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताए ।


ADVERTISEMENT

# # #


पौडेलले भने– ‘म सम्माननिय राष्ट्रपति ज्यूलाई आग्रह गर्न चाहान्छु । उहाँ यो संविधान अन्तरगत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रीक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन् ।’

उनले संवैधानिक परिषद गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको उल्लेख गरे । उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको बताए ।