काठमाडौँ – एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं.५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट शुक्रबार एक समारोहका बीच उद्घाटन भएको छ । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्नेरिरहेको छ ।