काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा प्रशिक्षण गरेको छ । आगामी डिसेम्बर १ देखि नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद (साग)को तयारीमा रहेको नेपालले सोमबार निर्माणधीन रंगशाला प्रशिक्षण गरेको हो ।


ADVERTISEMENT


नेपाली टिम चार वर्षपछि दशरथ रंगशालामामा प्रवेश गरेको छ । वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पले रंगशाला भत्किएपछि पुनर्निमार्ण हुन सकेको छैन । रंगशाला नबनेकै कारण चार वर्षमा घरेलू मैदान विशेष गरी दशरथ रंगशालामा हजारौँ दर्शकका अगाडि खेल्ने अवसर गुमाएको थियो ।


ADVERTISEMENT

# # #


रंगशालाको पुननिर्माण अन्तिम चरणमा रहेसंगै १३ औँ सागका सम्पूर्ण खेल दशरथ रंगशालामै हुनेछन् ।

खेल तालिका :