एजेन्सी – रक्सीकै कारण विश्वमा दशौँ लाख मानिस वर्षेनी मरिरहेका छन् । तरपनि मानिस हजारौँ वर्षदेखि रक्सी पिउँदै आइरहेका छन् । पछिल्लो केही दशकमा वाइन प्रख्यात बनिरहेको छ । दाबी गरिन्छ कि वाइन खाजगरी ‘रेड वाइन’स्वास्थ्यका लागि फाइदाजनक छ । यसका दाबीकर्ता बताउँछन् कि ‘रेड वाइन’ले व्यक्तिलाई दीर्घायू बनाउनुका साथै मुटु रोगलाई समेत नियन्त्रण गर्छ ।


ADVERTISEMENT


के साँच्चै वाइन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ ? त्यो भन्दा पहिले प्रश्न यो छ कि योभन्दा राम्रो हाम्रो लागि के छ ? जब कुरा वाइनको कुरा आउँछ, धेरै मान्छे लालायित हुन्छन् । यद्दपी धेरै मानिसलाई यो थाहा छैन कि क्यान्सर र रक्सीबीच गहिरो सम्बन्ध छ । यो सम्बन्धको पुष्टि केही अनुसन्धानमा भइसकेको छ । प्रत्येक हप्ता एक बोत्तल वाइन पिउँनाले धुम्रपान नगर्ने महिला पुरुष पनि क्यान्सरको मुखमा पुग्छन् । अर्थात एक बोत्तर वाइनको खतरा पुरुषको हकमा पाँचवटा चुरोट र महिलाको हकमा दश चुरोट पिउनाले हुने नोक्सान बराबर हुन्छ ।


ADVERTISEMENT

# # #


बेलायतको वेल्समा पब्लिक हेल्थ विभागका डाइरेक्टर अफ पोलिसी रिसर्च मार्क बेलिस बताउँछन्, ‘धूम्रपान गर्दा क्यान्सर हुन्छ भनेर एकदमै प्रचार गरिएको छ । तर, रक्सी र क्यान्सरबकीचको सम्बन्ध त्यो किसिमले हुनसकेको छैन । किनकी यसको रक्सी उद्योगीहरुसंग जोडिएको छ, जो आफ्नो उत्पादनको विक्रि कम होस् भन्ने त पटक्कै चाहँदैनन् ।’

वाइनलाई स्वास्थ्यका लागि फाइदाजनक कसले भन्यो ?

‘वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ’ यो विचार १९७०को दशकको हो । त्यो समय वैज्ञानिकले फ्रान्सका मानिस अन्य देशको तुलनामा मुटुका बिरामी कम संख्यामा थिए । जबकि फ्रान्सका मानिसमा अन्तयभन्दा बोसोयुक्त खाना बढी खान्थे ।

वैज्ञानिकका अनुसार फ्रान्सका मानिसमा मुटुसम्बन्धी रोगका बिरामी कम मात्रामा मात्रै रक्सी पिउनुसंग जोडिएका थिए । यसलाई वैज्ञानिकले ‘फ्रेन्च प्याराडक्स’ अर्थात् ‘फ्रान्सेली विरोधाभास’को नाम दिएका दिएका थिए । यो यस्तो उल्झन हो जसलाई आजसम्म वैज्ञानिकले सुल्झाउन सकेका छैनन् । फ्रान्सेली विरोधाभासको यस्तो प्रचार भयो कि अब पूरै विश्व वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने भइसके ।

रेड वाइन
वाइनलाई फाइदाजनक मानिन्छ, किनकी यसमा पोलीफिनोल नामको एक केमिकल हुन्छ । जसले शरीरको जलनलाई कम गर्छ । रेड वाइनमा पोलीफिनोल ‘व्हाइट वाइन’को तुलनामा दश गुणा बढी हुन्छ ।

इटलीका वैज्ञानिक अल्बर्टो बर्टेलीले पाएका छन् कि रेड वाइन थारैमात्रामा पिउनुले मानिसलाई मुटुको रोगबाट टाढा राख्छ । यसको कारण रेडवाइनमा पाइने त्यही पोलिफिनोल नै हो । जसले शरीरको जलन कम गर्छ । बर्टेली दैनिक १६० मिलिलिटर पाइन खान सल्लाह दिन्छन् त्यसमा पनि खानासंग मात्र । वाइनसंग जोडिएका अनुसन्धान पोलीफिनोल रेसवेराट्रोलमाथि नै केन्द्रित छन् । रेसवेराट्रोल अंगुरको छाला र यसको बीउमा पाइन्छ । धमनीहरूमा रगत पातलो गर्ने भएकाले यसले उच्च रक्तचापलाई रोक्ने विश्वास गरिन्छ ।

बर्टेली भन्छन् कि वाइनमा पाइने केही केमिकलले अल्जाइमर जस्ता रोगबाट पनि बचाउँछ । यद्दपी बढीजसो अनुसन्धान यही बताउँछन् कि रेड वाइन नै बढी लाभदायक छ । रेड वाइन पेटको स्वस्थका लागि राम्रो हुनसक्छ । पेट सफा भयो भने हाम्रो प्रतिरोधात्मक क्षमता बढ्नुका साथै खाना राम्रोसंग पच्ने भएकाले तौलमा सन्तुलनमा रहन्छ । सीमित मात्रामा वारइन पिउने व्यक्तिको बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ राम्रो हुने भएकाले पनि वाइनलाई राम्रो मान्नेगरिन्छ ।

स्वास्थ्यवर्द्धक विकल्प
हुन सक्छ कि रक्सी पिउँदा यसले राम्रो स्वास्थ्यलाई योगदान पुर्‍याउँछ। तर, धेरै जानकारहरु बताउँछन् कि यसबाट टाढा हुनु नै स्वास्थवर्द्धक छ ।

‘हामीलाई थाहा छ कि रक्सी हाम्रो स्वास्थ्यका लागि खराब हो। त्यतीहुँदाहुँदै पनि तपाईं पिउनुहुन्छ, तपाईंले रेड वाईलाई प्राथमिकता दिनुपर्नेछ। किनभने यो एक मात्र मदिरा हो जसमा स्वस्थ गुणहरू पनि फेला परेका छन् ।’ लन्डनको किंग्स कलेजका क्यारोलिन ली राय भन्छिन्, ‘तर यसको मतलब यो होइन कि म मानिसहरूलाई मदिरा पिउन सल्लाह दिँदैछु।’

यसबाट भन्न सकिन्छ कि जो व्यत्ति रक्सी पिउन चाहन्छ, उसका लागि रेड वाइन उत्तम विकल्प हो । तर,  रेड वाइन पिउँदा यो कुरा ध्यान राख्नुहोस्, तपाईं वाइन यसकारण पिउँदै हुनुहुन्छ यसको मतलब यो होइन कि वाइन स्वास्थ्यका लागि फइदाजनक छ । तपाई यसकारण वाइन पिउँदै हुनुहुन्छ कि तपाईंमा रक्सी पिउने लत छ ।