काठमाडौँ – नेपाल महिला भलिबल टिम १३ औँ दक्षिण एशियाली खेलकुद(साग)को सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार भएको समूह ‘ए’को अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।


ADVERTISEMENT


समूह ए को विजेता बन्दै भारत सेमिफाइनल पुग्दा नेपालले समूह उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–०को सेटले हराएको थियो । तर, भारतसंग भने नेपाली महिला टोली पराजित भएको थियो । अब फाइनलका लागि नेपालले समूह ‘बी’को विजेतासंग प्रतिस्पर्धा गर्नेछ भने भारतले समूह ‘बी’को उपविजेतासंग प्रतिस्पर्धा गर्नेछ ।