बारा – प्रहरीले नक्कली नेपाली नोटसहित एकजनालाई पक्राउ गरेको छ । एक हजार दरको नक्कली नोट १ थानसहित मंगलबार बिहान प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका –५ बस्ने ३५ वर्षीय शम्भु महतो रहेका छन् । उनलाई महागढीमाई नगरपालिका– १ गढीमाई मन्दिर अगाडि पुजा पसलमा सामान खरिद गर्दा महतोले उक्त नक्कली नोट दिएपछि पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।