काठमाडौँ – बाजुराको धार्मिक स्थल बुढीनन्दाको यात्राका क्रममा बेपत्ता नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर फेला परेको छ ।


ADVERTISEMENT


१५ महिनापछि पत्रकार खड्काको अस्थिपञ्जरका साथै परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएको हो ।


ADVERTISEMENT

# # #


२०७५ भाद्र १० गते करिव १४ हजार फिट उचाईंमा रहेको बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा उनी बेपत्ता भएका थिए । उनको वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टेमा भेटिएको पत्रकार महासंघले विज्ञप्तीमार्फत जनाएको छ ।

बुढीनन्दामा हराएका पत्रकार खड्काको कोल्टीमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुनसक्ने भन्दै महासंघले सत्यतथ्य छानबिनको माग गरेको छ । साथै भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न महासंघले सरकारसँग माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘१५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुनसक्ने हुँदा यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न महासंघ सरकारसँग माग गर्दछ ।’