काठमाडौँ – नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुँदैछ ।


ADVERTISEMENT


१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ । नेपालविरुद्ध बंगलादेशको महिला भलिबल प्रतियोगिता आज अपराहन्न ३ बजे हुँदै छ भने नेपालविरुद्ध बाङ्गलदेश को पुरुष भलिबल प्रतियोगिता साँझ ७ बजे हुँदै छ ।


ADVERTISEMENT

# # #


‘नेपालले खेल्छ नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरु लाई नेपाली दर्शक माझ पुर्याउँदै आएकोछ ।