काठमाडौँ – प्रभु बैंक लिमिटेडलेकाठमाण्डौको गौशाला स्थित पिङ्गलास्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले बिहीबार आफ्नो १९७ औं शाखा खोली सञ्चालनमा ल्याएको हो।


ADVERTISEMENT


उक्त शाखाको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरेका छन् । उद्घाटन पछि बोल्दै डा. ढकालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको भन्दै प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकको पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले त्यहाँका ग्राहक लाभान्वित हुने बैँकले विश्वास व्यक्ति गरेको छ ।