काठमाडौं – तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त पुरुष भलिबल विधामा भारत र पाकिस्तानले आफ्नो पहिलो खेलमा जित हात पारेको छ । भारतले बङ्गलादेशलाई र पाकिस्तानले माल्दिभ्सलाई पराजित गरेको हो ।


ADVERTISEMENT


समूह ए अन्तगर्तको दोस्रो खेलमा भारतले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । नेपाली पुरुष भलिबल टोलीमाथि बुधबार राति ३–२ को कठीन एवम् संघर्षपूर्ण जित निकालेको बङ्गलादेश भने भारत विरुद्ध नीरिह देखियो । भारतले तीनवटै सेट सहजै जित हात पार्यो । भारतले समूह ए अन्तगर्तको आफ्नो पहिलो खेलको पहिलो सेटमा बङ्गलादेशमाथि २५–११ को जित हात निकाल्यो ।


ADVERTISEMENT

# # #


दोस्रो सेटमा २५–१४ ले जित हात पारेको भारतलाई बङ्गलादेशले तेस्रो सेटमा सामान्य चुनौती दिएपनि वापसी गर्न सकेनन । र तेस्रो सेट पनि २५–१५ ले हार बेहोर्न बाध्य भयो । दोस्रो खेलमा भारतले नेपालको सामना गर्नेछ ।

उता समूह बी अन्तगर्तको आफ्नो पहिलो खेलमा पाकिस्तानले मल्दिभ्समाथि जित हात पारेको छ । पाकिस्तानले माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेटमा २५–१६ ले जित हात पारेको पाकिस्तानलाई दोस्रो सेटमा माल्दिभ्सले कडा चुनौती दिएको थियो । यद्दपी उसले २३–२५ ले दोस्रो सेट हार्यो । तेस्रो सेटमा पाकिस्तानले सुधारिएको प्रदर्शन गर्दै माल्दिभ्सलाई २५–१५ ले पराजित गर्यो ।