काठमाडौँ– तीन करोड १२ लाख रुपैयाको लागतमा ऐतिहासिक र पुरातात्विक महत्व बोकेका कंकेश्वरी मन्दिरको पुनःनिर्माण हुने भएको छ ।


ADVERTISEMENT


काठमाडौँ महानगरपालिका– १९ स्थित सो मन्दिर २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्याएपछि पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण हुन लागेको हो ।


ADVERTISEMENT

# # #


कंकेश्वरी मन्दिर पुनःनिर्माण समितिले ऐतिहासिक तथा पुरातात्विक अष्ट्रमात्रिकामध्येको एक मन्दिरको आज नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले शिलान्यास गरे

सो अवसरमा पूर्वमन्त्री जोशीले ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वका धनी देश नेपालमा भएका सम्पदाको पुनःनिर्माण गरी पर्यटकीय आकर्षणको गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए ।

१८४ वर्ष पुरानो मन्दिर तीन वर्ष लगाएर पुनःनिर्माण गरिने मन्दिर पुनःनिर्माण समितिका सदस्य पुस्कर पाण्डेले बताए ।