बैतडी– बैतडीको ग्रामीण क्षेत्रका महिला महिनावारी भएका बेला सरसफाइमा ध्यान दिन थालेका छन् । पहिले चार दिनसम्म ननुहाउने महिला अहिले महिनाबारी भएको बेला सेनेटरी प्याडसमेत प्रयोग गर्न थालेका छन् ।


ADVERTISEMENT


सामुदायिक सिकाइ केन्द्र श्रीकोटले महिलालाई सेनेटरी प्याड बनाउने तरिका र प्रयोग गर्ने तरिकाका बारेमा तालीम दिएपछि उनीहरु सेनेटरी प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्र श्रीकोटका रामचन्द्र अवस्थीले जानकारी दिए । सेनेटरी प्याडको प्रयोगले महिनावारी भएको बेला महिलालाई सजिलो हुने स्थानीयवासी लक्ष्मी भाटले बताइन् ।


ADVERTISEMENT

# # #


गाउँघरमा सेनेटरी प्याड बनाउन सिकाएपछि अहिले सबैले घरमा बनाएर प्रयोग गर्न थालेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटको राजु धामीले बताइन् । महिनावारी भएका बेला बग्ने रगतलाई व्यवस्थापन गर्नका लागि सेनेटरी प्याडको प्रयोगले सजिलो भएको उनले बताइन् ।

ग्रामीण भेगमा महिनावारी भएका बेला अहिले किशोरी तथा महिलाले सेनेटरी प्याड प्रयोग गर्ने गरेको दोगडाकेदार गाउँपालिका श्रीकोटकी शान्ति नाथले बताइन्। सामुदायिक सिकाइ केन्द्र श्रीकोटले तालीम दिएपछि आफूहरुले सेनेटरी प्याड आफैँ बनाएर प्रयोग गर्ने गरेको उनले बताइन् ।

सामुदायिक सिकाइ केन्द्र श्रीकोटले ३०० महिलालाई सेनेटरी प्याड बनाउने र प्रयोग गर्ने तरिकाका बारेमा बताएको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थीले जानकारी दिए।