सिन्धुली । सिन्धुली । ३ नं. प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले उत्कृष्ट काम गर्ने प्रहरीहरुको सम्मान हुने भन्दै जनताको सेवामा अनवरत जुट्न आह्वान गरेका छन् ।


ADVERTISEMENT


केन्द्रले आयोजना गरेको प्रहरीहरुको बिधाई तथा स्वागत कार्यक्रममा बोल्दै एसएसपी भण्डारीले प्रहरीहरुको सबैभन्दा ठूलो धर्म नै जनताको मन जित्नेगरी काम गर्नु रहेको उल्लेख गर्दै त्यसैमा जुट्न मातहतका सबैलाई निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा एसएसपी भण्डारीले नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौबाट यस केन्द्रमा खटिन आएकी प्रा. प्र. नि. डा. रमा बिष्टको स्वागत तथा उक्त केन्द्रमा कार्य अबधि सम्पन्न गरी नेपाल प्रहरी अस्पताल जान लागेकी प्रा. प्र. नि. डा. सीता पौडेलको बिदाई गरेका हुन् ।

भण्डारीले बिदाई भई जान लागेकी प्रा. प्र. नि. डा. पौडेललाई पदीय दायित्व तथा कर्तब्यप्रति ईमानदार रही प्रतिकुल परिस्थितीमा समेत अबिचलित एवं संयमित भई उत्साहपूर्वक स्वास्थ सेवा प्रदान गरेको र नागरिक तथा बिद्यार्थीहरुलाई डेंगु लगायत विभिन्न स्वास्थ्य समस्याहरुको सम्बन्धमा जनचेतनामूलक कार्यक्रम संचालन गर्न तथा प्रहरी जवान र कार्यालय सहयोगीको निष्पक्ष र पारदर्शी भर्ना छनौटमा यस केन्द्रलाई सहयोग गरी महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै प्रंशसा पत्र समेत प्रदान गरेका छन् ।

यस्तै नव आगन्तुक प्रा. प्र. नि. डा. बिष्टलाई स्वागत गर्दै आगामी कार्यकालमा अझ बढी उत्साह र लगनशिलताका साथ कार्य सम्पादन गर्नको लागि शुभकामना समेत दिएका छन् ।