काठमाडौँ – माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालसंग आवद्ध भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसंग आवद्ध भएको हो ।


ADVERTISEMENT


अव ग्राहकले माछापुच्छ्रे बैंकका १७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टरकार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भीसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।


ADVERTISEMENT

# # #


माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ । बैँकले देशभर १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत बाट बैँकिङ्ग सेवा प्रदान गरिरहेको छ ।