काठमाडौं – सुनसरी, सिरहा, अर्घाखाँची, चितवन, उदयपुर र पाँचथरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


सुनसरीको कोशी गाउँपालिका–७ हरीपुरचोकमा को.१ च ९३६४ नम्बरको एम्बुलेन्स र ना। २ ख ९०८२ नम्बरको ट्रक शनिबार बिहान एक(आपसमा ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्स चालक उदयपुर त्रियुगा नगरपालिका–१० बस्ने २८ वर्षीय राजेश कुमार दनुवारसहित ६ जनाको घटनास्थमै मृत्यु भएको छ । ट्रक र एम्बुलेन्स घटनास्थलमा रहेको तथा फरार रहेका ट्रक चालकको खोजी कार्य भईरहेको छ ।


ADVERTISEMENT

# # #


सिरहाको धनगढीमाई नगरपालिका(९ मुसहर्नियामा को.१० प ५४१, ज. ८ प ६९१६, स.१ प ३९७० र स. ४ प ४४७ नम्बरको समेत ४ वटा मोटरसाइकल शनिबार साँझ एक(आपसमा ठक्कर खाई दुर्घटना हुँदा स.१ प ३९७० नम्बरको मोटरसाइकल चालक गोलबजार नगरपालिका ८ बस्ने ३४ वर्षीय बिजेन्द्र साफीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका साफीलाई उपचारको लागि आरके मेडिसिटी अस्पताल मुसहर्निया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको छ । ४ वटै मोटरसाइकलहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(१ रतलेमा लु।३ त १८१८ नम्बरको ट्याक्टरले ब्याक गर्ने क्रममा शनिबार दिउँसो ठक्कर दिँदा भूमिकास्थान नगरपालिका जगता घर भई हाल सन्धिखर्क डेरा गरी बस्ने गिता थापाको ७ वर्षीय छोरा गोकुल थापाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका गोकुललाई जिल्ला अस्पताल सन्धिखर्क हुँदै थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–११ स्थित सडकमा ना ४ ख ४३२७ नम्बरको ट्रकले शनिबार राति ना १९ प ४६३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका(४ शनिबारेमा को११ प ६९६२ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका– ४ नमूनाचोक बस्ने ३५ वर्षीय दिपेन राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

पाँचथरको फिदिम नगरपालिका–१४ भालुखोपमा मे १ त ५७८१ नम्बरको ट्याक्टर शनिबार राति अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–१४ लुङरुपा बस्ने १८ वर्षीय अविनाश राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।