काठमाडौं – आज देखि काठमाडौंमा सुरु हुने १३ औं दक्षिण एसीयाली खेलकुद ( साग ) को ट्राफिक व्यवस्थापनका लागि उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाल आफैं सडकमा उत्रिएका छन् ।


ADVERTISEMENT


आईतबार हुने उद्घाटन समारोहका कारण हुने ट्राफिक चुनौतिलाई ध्यान दिँदै महाशाखाले यस्को चुस्त व्यवस्थापनका लागि उच्च ध्यान पूर्याएको छ । यसको अनुगमन गर्दै ट्राफिक व्यवस्थापनका लागि फिल्डमा आफैं खटिएको अवस्थामा एसएसपी ढकाललाई हिमालय पोष्ट टिमले भेटेको हो ।


ADVERTISEMENT

# # #


खेल अबधीभर हुने ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन ट्राफिक महाशाखाले सम्पूर्ण तयारी र ध्यान लगाईरहेको एसएसपी ढकालले हिमालय पोष्टलाई जानकारी दिएका छन् । ट्राफिक व्यवस्थापनलाई सहज र सफल बनाउन आफु र आफ्नो टिम अर्जुनदृष्टिका साथ लागि परेको उनले बताएका छन् ।

यसअघि समेत ढकाल ट्राफिक व्यवस्थापनका लागि आफैं सडकमा खटिने गरेका छन् । महाशाखाले ट्राफिक व्यवस्थापनकै लागि आज बिजोर नम्बरका सवारीहरुलाई मात्रै चलाउन भनेको छ ।

सागमा सहभागि हुन ७ वटा देशका ३ हजार भन्दा खेलाडी लगायतका टोलीहरु यतिबेला काठमाडौंमा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ सागको उद्घाटन गरेपछि खेल १० दिन सम्म चल्नेछ